Kathmandu Press

सत्ता जोगाउन दलहरुले गठबन्धनभित्र गठबन्धन बनाइरहेको रवि लामिछानेको आरोप

सभापति लामिछानेले संसदमा २१ जना सांसद भएपनि शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै आगामी दिन जनताले साथ दिए बहुमत सदस्यका साथ सदनमा प्रतिनिधित्व गर्ने धारणा राखे।
सत्ता जोगाउन दलहरुले गठबन्धनभित्र गठबन्धन बनाइरहेको रवि लामिछानेको आरोप
फाइल तस्बिर ।

काठमाडौं, असार १७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता जोगाउनका लागि दलहरुले गठबन्धनभित्र गठबन्धन बनाइरहेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा रास्वपा गोकर्णेश्वर नगर भेला तथा नगर समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनतामा रहेका समस्या समाधान गर्न गठबन्धन बनाउनुपर्नेमा दलहरुले सत्ता जोगाउनका लागि गठबन्धन भित्र गठबन्धन बनाइरहेको बताए।

उनले देश र जनताको पक्षमा काम गर्न खोज्दा रास्वपालाई रोक्ने काम भए जनताले प्रतिकार गर्नुपर्ने जिकिर गरे। चुनावमा हार जित स्वभाविक भएपनि राजनीतिलाई कहिल्यै हार्न दिन नहुने उनले बताए।

सभापति लामिछानेले संसदमा २१ जना सांसद भएपनि शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै आगामी दिन जनताले साथ दिए बहुमत सदस्यका साथ सदनमा प्रतिनिधित्व गर्ने धारणा राखे।

सरकारमा जाने अवस्था हुँदाहुँदै पनि जनताको सुझावका आधारमा प्रतिपक्षीमा बसेर रास्वपाले काम गरिरहेको बताए। मिसन ८४ मा रास्वपाको अर्जुनदृष्टि रहेको भन्दै यस अवधिमा राप्रपा बलियो पार्टी भएर उभिने उनले बताए।

उनले आगामी निर्वाचनलाई केन्द्रीत गर्दै देशैभरि संगठन विस्तार गर्ने र देशैभरका नागरिकलाई घण्टीको अभियानमा सामेल गर्ने बताए।

प्रकाशित मिति: १७:५८ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्