लुम्बिनी प्रदेश सभामा एमाले संसदको नराबाजी, बैठक स्थगित
एमाले सासंदहरुले संसदिय मर्यादा कायम गर्न र लुम्बिनी प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै नारावाजी गरेका थिए।दाङ, असार १७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध भएको छ।
आइतबार प्रदेशसभा बैठक सुरु हुनेबितिकै बजेटको बिषयमा आपत्ति जनाउँदै एमाले सांसदहरुले नाराबाजी गरेका थिए। प्रमुख प्रतिपक्षको नारावाजीपछि सभामुखले असार १८ गते १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।
बैठकमा सभामुख तुलाराम घर्तीले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०/०८१ को राजश्व र व्ययमाथी वार्षिक अनुमान माथी बोल्न समय दिए लगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोष्टम अगाडि नारावाजी गर्न पुगेका थिए।
एमाले सासंदहरुले संसदिय मर्यादा कायम गर्न र लुम्बिनी प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै नारावाजी गरेका थिए।
यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको बिषयमा आपत्ति जनाउदै बिरोध जनाएका थिए।
प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढी परेकाले आफुहरु निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ।