Kathmandu Press

ललिता निवासभित्रका अस्थायी संरचना हटाउन महानगरले दियो २४ घण्टे अल्टिमेटम

ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धीत निकायले अनुसन्धान अन्तिम अवस्थामा पुराइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए।
ललिता निवासभित्रका अस्थायी संरचना हटाउन महानगरले दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं, असार १७ : बालुवाटारस्थित ललिता निवासभित्रका अस्थायी संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिएको छ। ललिता निवासको जग्गामा घेराबार गर्न त्यहाँ पुगेको महानगरको टोलीले २४ घन्टे मौखिक अल्टिमेटम दिएको हो।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धीत निकायले अनुसन्धान अन्तिम अवस्थामा पुराइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए।

सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको उनले बताए।

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्