Kathmandu Press

अवैध सम्पत्तिमाथि कडाई हुन्छ : मन्त्री गुरुङ

कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ–बायाँ केही पनि नहेर्ने पनि उनले प्रस्ट्याए।
अवैध सम्पत्तिमाथि कडाई हुन्छ : मन्त्री गुरुङ

काठमाडौं, असार १७ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रणमा कडाई गर्ने बताएका छन्।

प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन्।

कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ–बायाँ केही पनि नहेर्ने पनि उनले प्रस्ट्याए।

‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचक्य्राइँ भइरहेको सन्दर्भ उठेको छ। पटक्कै हेलचक्य्राइँ गर्न खोजिएको छैन। माथि होस कि तल। दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोडनु हुन्न’ मन्त्री गुरुङले भने।

सरकारले ठूलो–सानो र राजनीतिक पार्टीको भनेर नहेर्ने पनि बताए । वित्तीय अनुशासन उल्लंघन गर्नेहरूलाई सरकारले नछोडने भन्दै मन्त्री गुरुङले सांसदलाई आस्वस्त पारे।
 

 

प्रकाशित मिति: १५:३६ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्