Kathmandu Press

‘राजागञ्ज’मा मिस नेपालसँग दयाहाङले रोमान्स गर्ने

‘साङ्लो’बाट फिल्मक्षेत्रमा डेब्यू गरेकी सन् २०१७की मिस नेपाल चन्दक ‘राजागञ्ज’मा दयाहाङसँगै देखिन लागेकी हुन्।
‘राजागञ्ज’मा मिस नेपालसँग दयाहाङले रोमान्स गर्ने

काठमाडाैं, असार १७ : ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्न लागेको नयाँ फिल्ममा अभिनेता दयाहाङ राईले मिस नेपाल निकिता चन्दकसँग रोमान्स गर्ने भएका छन्।

‘साङ्लो’बाट फिल्मक्षेत्रमा डेब्यू गरेकी सन् २०१७की मिस नेपाल चन्दक ‘राजागञ्ज’मा दयाहाङसँगै देखिन लागेकी हुन्। यो उनको दोस्रो फिल्म हो।

Hardik ivf

‘राजागञ्ज’लाई दिपक रौनियारले निर्देशन गर्नेछन्। यो फिल्ममा दयाहाङ र निकितासँगै आशा मगरातीको मुख्य भूमिका रहने छ। फिल्ममा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङलगायतको पनि अभिनय रहने छ।

पछिल्लो फिलम ‘ह्वाइट सन’को प्रशंसा पाएका रौनियारसँग आफू सिनेक्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको बताउँदै निर्माता गुरुङले पहिलो पटक सँगै काम गर्ने अवसर जुरेको बताए।

उनले ‘राजागञ्ज’ नेपाली सिनेमाका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन्।  र म यो फिल्मले बाँसुरी फिल्मस्को गरिमा बढाउन सहयोग गर्ने कुराले खुशी छु’, उनले भनेका छन्।

 

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्