Kathmandu Press

कर्मचारी हड्तालका कारण ‘बेञ्च’ पनि अबरुद्ध

कर्मचारी हड्तालका कारण ‘बेञ्च’ पनि अबरुद्ध

काठमाडौं, असार १७ : एक जना कानुनव्यवसायीले जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा कर्मचारी संगठनको हड्तालका कारण इजलासमा हुने सुनुवाई समेत रोएिको छ।

कर्मचारीलेहरुले आन्दोलन फिर्ता नलिएसम्म न्यायाधीशको इजलासमा सुनुवाइ गर्न बाधा परेको छ। अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङलाई बुधबार अपराह्न कुटपिट र लछारपछार गर्दै दुव्र्यबहादुर गरेको घटनालाई लिएर कर्मचारी आन्दोलित भएका हुन्। देशैभरका अदालतमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रेका कारण न्याय संपादनमा बाधा उत्पन्न भएको छ।

आक्रमणको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले शुक्रबारदेखि नै ‘पेन डाउन’ गरेका छन्। कानुन व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउन गरिएको कर्मचारी संगठनको भनाई छ। कुटपिटमा संलग्न लामिछानेलाई कानुनी कारबाहीको माग गरिएको छ।

यता, अधिवक्ता लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाहीको माग गर्दै निवेदन दिएकी छिन्। यस्तै प्रहरीमा पनि कारवाहीको लागि जाहेरी परेको छ । घटनालगत्तै प्रहरीले आक्रमणकारी लामिछानेलाई पक्राउ गरी हिरासतमा लिएको थियो।

कुटपिटका कारण तामाङको मुखमा चोट लागेको छ भने दुईवटा दाँत हल्लिएको कर्मचारीले बताएका छन्। सरकारी पोसाकको कमिज पनि च्यातिएको छ।

 

प्रकाशित मिति: १३:४० बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्