Kathmandu Press

स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री श्रेष्ठ चीनको ५ दिने भ्रमण सकेर आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेका हुन्।
स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, असार १७ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको भ्रमण सकेर स्वदेश फर्किएका छन्। उपप्रधानमन्त्री श्रेष्ठ चीनको ५ दिने भ्रमण सकेर आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा उपप्रधानमन्त्री श्रेष्ठलाई पूर्वसभामुख एवम् माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीमगर, सुरक्षा निकायका प्रमुखहरू लगायतले स्वागत गरेका थिए।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरे भने छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार चीन आएका थिए।

प्रकाशित मिति: ११:४० बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्