प्रधानमन्त्री दहाल र सिके राउतबीच भेट, सरकारमा आउन प्रधानमन्त्रीको प्रस्ताव
आइतबार प्रधानमन्त्री निवास बालुटारमा भएकाे भेटमा प्रधानमन्त्री दाहालले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सरकारमा आउन आग्रह गरेका हुन्।
काठमाडौं, असार १७ : प्रधानमन्त्री पुष्पकमल दहालले सत्तारुढ गठबन्धनमै रहेको दल जनमत पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुटारमा भएकाे भेटमा प्रधानमन्त्री दाहालले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सरकारमा आउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री दहाल र सिके राउतबीचको भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको बताइएको छ। भेटमा प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ।
राउतले प्रधानमन्त्री दाहाललाई आफू सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका थिए।
प्रकाशित मिति: ११:५९ बजे, आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











