Kathmandu Press

सुरु हुनेवत्तिकै स्थगित भयो प्रतिनिधिसभा बैठक

साढे ११ बजे सुरु भएको प्रतिनिधिसभा बैठक सुरु भएको ३ मिनेटमा स्थगित भएको हो।
सुरु हुनेवत्तिकै स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौं, असार १७ : प्रतिनिधिसभाको आइतबरको बैठक सुरु हुनेवित्तिकै स्थगित भएको छ। साढे ११ बजे सुरु भएको प्रतिनिधिसभा बैठक सुरु भएको ३ मिनेटमा स्थगित भएको हो।

प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त भएको सन्देशसहितको विधेयक टेवल गरेलगत्तै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

सभामुख घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेका १ देखि ६ सम्मको कार्यक्रम अर्को बैठकका लागि सारेका थिए।

प्रकाशित मिति: ११:५० बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्