श्री एयरलाइन्सका सबै आन्तरिक उडान रद्द
श्रीका प्रबन्धक अनिल मानन्धरले नागरिक उड्डयन प्राधिकरणले नभइ श्रीले सबै जहाजहरुको प्राविधिक जाँचका लागि आइतबारका उडानहरु स्थगन गरेको जनाएका छन्।1683521779.jpg)
काठमाडौं, असार १७ : उडिरहेको जहाजमा बारम्बर प्राविधिक समस्या देखिएपछि श्री एयरलाइन्सले आइतबारका सबै आन्तरिक उडान रद्द गरेको छ।
श्री एयरलाइन्सले विज्ञप्ति जारी गर्दै ‘प्राविधिक समस्या’ सामना गर्नु परेका कारण असार १७ गतेका सबै आन्तरिक उडान स्थगन गरेको जनाएको छ।
श्रीका प्रबन्धक अनिल मानन्धरले नागरिक उड्डयन प्राधिकरणले नभइ श्रीले सबै जहाजहरुको प्राविधिक जाँचका लागि आइतबारका उडानहरु स्थगन गरेको जनाएका छन्।
शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको श्रीको ड्यास–८ क्यू–४०० विमान प्राविधिक समस्या देखिएपछि चाकल दलले उक्त विमानलाई काठमाडौं फर्काएका थिए । ‘प्राविधिक समस्या नदोहोरियोस् भनी असार १७ का दिन हुने यस एयरलाइन्सका सम्पूर्ण उडान स्थगन गरी सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको छ,’ श्रीले विज्ञप्तिमा भनेको छ ।
श्रीले सोमबारदेखि पुनस् उडान सञ्चालन गरिने जनाउँदै आइतबार टिकट खरिद गरिसकेका यात्रुहरुसँग माफी मागेको छ।











