एमालेसँगको एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्छ : प्रधानमन्त्री दाहाल
‘देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता ग¥यौं, तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं,’ उनले भने, ‘हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ।’
काठमाडौं, असार १७ : प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा नेकपा एमालेसँग भएको एकता र विभाजनबाट शिक्षा लिँदै पुनः नेकपातिरै फर्किनुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण गर्दै प्रधानमन्त्री दाहालले नेकपातिरै फर्कने प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको बताए।
प्रधानमन्त्री दाहालले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताए । उनले देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता गरेको स्मरण गरे।
‘देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता ग¥यौं, तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं,’ उनले भने, ‘हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ।’
माजवादी मोर्चा गठन गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको पनि उनले बताए। उनले भने, ‘माधव नेपाल, विप्लव र उपेन्द्र यादवले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गराउने पहल सुरु गरेका छौं ।’
प्रधानमन्त्री दाहालले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटिलाई सच्याएर अघि बढ्न आवश्यक रहेको औंल्याए।











