दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ
आफ्नो घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछामका महेन्द्र विक र अदानचुली गापा–३ हुम्लाका अङ्गराज नेपालीलाई पोखरेलको दलित भएको भन्दै घर निकाला गरेको प्रहरीले जनाएको छ।
दाङ, असार १६ : दलित भएको भन्दै भाडाबाट निकाल्ने दाङका एक जना घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ।
आफ्नो घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछामका महेन्द्र विक र अदानचुली गापा–३ हुम्लाका अङ्गराज नेपालीलाई पोखरेलको दलित भएको भन्दै घर निकाला गरेको प्रहरीले जनाएको छ।
तिमीहरू कामी रहेछौ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन, तिमीहरू घरमा आएदेखि आफू बिरामी भएको भन्दै पोखरेलले आफूहरुलाई घरबाट निकालेको पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले बताइन्।
सोही घरमा परियारसँग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे। शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ।
घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार सङ्घ दाङलगायत विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन्। साथै दोषीमाथि कारबाहीको माग गरेका छन् ।











