धनगढी उडेकाे श्री एयरलाइन्सको जहाज हाइड्रोलिक फेल भएपछि काठमाडाैं फर्काइयाे
शनिबार अपरान्ह ३ बजेर ३३ मिनेट जाँदा काठमाडौं विमानस्थलबाट उडेको श्री २२५ उडान नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि फर्काइएकाे जनाइएको छ।1683521779.jpg)
काठमाडौं, असार १६ : काठमाडौंबाट धनगढी उडेकाे श्री एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण काठमाडौं नै फर्किएको छ।
शनिबार अपरान्ह ३ बजेर ३३ मिनेट जाँदा काठमाडौं विमानस्थलबाट उडेको श्री २२५ उडान नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि फर्काइएकाे जनाइएको छ।
अवतरणपछि साे जहाज काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको र तानेर पार्किङ वेमा लगिएको विमानस्थल स्राेतले जनाएकाे छ।
प्रकाशित मिति: १८:१९ बजे, शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











