Kathmandu Press

६५औँ संसद् दिवसमा विभिन्न कार्यक्रमको आयोजना

संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालको समन्वयमा संसद् भवन, नयाँ बानेश्वर विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
६५औँ संसद् दिवसमा विभिन्न कार्यक्रमको आयोजना

काठमाडाैं, असार १६ : ६५औँ संसद् दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। २०१६ साल असार १६ गते नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा दिवस मनाइएको हो।

संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालको समन्वयमा संसद् भवन, नयाँ बानेश्वर विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा सभामुख देवराज घिमिरेले राजनीति प्रतिष्पर्धा कार्यान्वयन गर्ने थलो संसद भएकाले जननिर्वाचित प्रतिनिधिहरुले सोही अनुसार भूमिका खेल्नुपर्ने बताए।

उनले जनताको चाहना पुरा गर्न संविधान समेत संशोधन संसदले गर्न सक्ने भएकाले संसदलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा राखे। सभामुख घिमिरेले संसदलाई प्रभावकारी पार्न राजनीतिक दलहरुको भूमिका अपरिहार्य हुने जिकिर गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सदनमा प्राप्त अनुभवलाई साटासाट गर्दै अघि बढ्नुपर्ने बताए। उनले देशको मान र मर्यादा माथि उठाउनका लागि सांसदहरुले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे।

देशलाई बिकासको यात्रामा अघि बढाउनुपर्ने अवस्था अहिले रहेको भन्दै उनले देशमा देखिएका विकृतिलाई जनताको प्रतिनिधिको हैसियतले सांसदहरुले आवश्यक नियमन गर्नुपर्ने धारणा राखे।

नेपालको पहिलो संसद्को पहिलो बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे प्रारम्भ भएको इतिहास छ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा २७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रियसभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहने व्यवस्था छ। 

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्