संविधान र गणतन्त्रविरुद्ध फुर्तीफार्ती गर्नेका विरुद्ध समाजवादी मोर्चा : अध्यक्ष नेपाल
शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) को प्रथम बामती प्रदेश कमिटी भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिले मुलुकको परिवर्तन बिरुद्ध सल्बलाइरहेको भन्दै त्यसका विरुद्ध समाजवादी मोर्चा केन्द्रित हुने बताएका हुन्।
काठमाडाैं, असार १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तीफार्ती गर्नेका विरुद्ध भएको बताएका छन्।
शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) को प्रथम बामती प्रदेश कमिटी भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिले मुलुकको परिवर्तन बिरुद्ध सल्बलाइरहेको भन्दै त्यसका विरुद्ध समाजवादी मोर्चा केन्द्रित हुने बताएका हुन्।
उनले मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरुलाई सँगसँग लिएर अघि बढ्ने धारणा राखे। समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने उनले बताए। उनले समाजवादी मोर्चा कसैलाई एक्लाउन नभएको धारणा राखे।
उनले संविधानका बारेमा विमति राख्नेहरुसँग पनि हालेमालो गर्दै संविधानका साथै परिवर्तनहरुलाई बलियो बनाउने बताए।
प्रकाशित मिति: १६:०५ बजे, शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार