Kathmandu Press

‘अबको नीति महाधिवेशनबाट सत्ताका लागि कांग्रेस विधिभन्दा बाहिर जाँदैन भन्ने व्यवस्था ल्याउनुपर्छ’

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले अबको नीति महाधिवेशनमार्फत सत्तामा जान कांग्रेसले विधिभन्दा बाहिर गएर जे पनि गर्दैन भन्ने कुरा ल्याउनुपर्नेमा उनले जोड दिए। 
‘अबको नीति महाधिवेशनबाट सत्ताका लागि कांग्रेस विधिभन्दा बाहिर जाँदैन भन्ने व्यवस्था ल्याउनुपर्छ’

काठमाडौं, असार १६ : कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले सत्ताका लागि जे पनि गर्छ भन्ने बनेकाले त्यसलाई मेट्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले अबको नीति महाधिवेशनमार्फत सत्तामा जान कांग्रेसले विधिभन्दा बाहिर गएर जे पनि गर्दैन भन्ने कुरा ल्याउनुपर्नेमा उनले जोड दिए। 

‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ। १० सिट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखिएको छ, अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौं भन्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो। अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ।’

अहिले जनताले कांग्रेसले भ्रष्टाचारमा लिप्त मान्छेलाई संरक्षण मात्रै गर्छ, राष्ट्रियताको सन्दर्भमा दह्रोसँग खुट्टा टेक्दैन भन्ने अवस्थासमेतआएकोे उनको दाबी छ।

कांग्रेसले जनतालाई भरोसा दिलाउनु आवश्यक रहेको उनले बताए। चुनाव जित्ने र सरकारमा सहभागी हुने कुरामा मात्रै पार्टी नरुमलिएर जनजीविकाको चासो र राष्ट्रियताको बारेमा पनि सोच्नुपर्ने आवश्यकता उनले औंल्याए। 
 
प्रकाशित मिति: १४:५२ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्