Kathmandu Press

‘पूर्वमाओवादीबीच पार्टी एकताको पलह भइरहेको छ’

‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो, त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ।’
‘पूर्वमाओवादीबीच पार्टी एकताको पलह भइरहेको छ’

कास्की, असार १६ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको बताएका छन्।

शनिबार बिहान पोखरामा माओवादीका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँगको अन्तरक्रियामा उनले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि छलफल भइरहेको बताउँदै एकतालाई सार्थक बनाउने बताए।

प्रधानमन्त्री दहालले माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने भन्दै एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए।

‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो, प्रधानमन्त्री दहालले भने, ‘त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ।’

उनले हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण नहुने बताउँदै उनले यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको बताए। उनले भने, ‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।’

उनले अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर सफा गर्न लागेको बताए। प्रधानमन्त्री दहालले भने, ‘देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।’

उनले नवगठित समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने बताउँदै यसमा पूर्वमाओवादीहरू पनि छलफलमा रहेको र पार्टी एकताकै लागि ठोस पहल अगाडि बढाइने बताए।

प्रकाशित मिति: ११:१५ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्