Kathmandu Press

हेवा खोलामा बेपत्ता भएका एक जनाको शव अरुणमा भेटियो

बर्दियाका ४१ वर्षीया कालीराम थारुको शव १३ दिनपछि शुक्रबार चैनपुर नगरपालिका–१०, दुम्कट्टामा पर्ने अरुणमा भेटिएको प्रहरीले जनाएको छ।
हेवा खोलामा बेपत्ता भएका एक जनाको शव अरुणमा भेटियो

संखुवासभा, असार १५ : संखुवासभाको हेवा खोलामा आएको बाढीमा बेपत्ता भएका १८ मध्ये एक जनाको शव अरुण नदीमा भेटिएको छ।

बर्दियाका ४१ वर्षीया कालीराम थारुको शव १३ दिनपछि शुक्रबार चैनपुर नगरपालिका–१०, दुम्कट्टामा पर्ने अरुणमा भेटिएको प्रहरीले जनाएको छ।

स्थानीयबासिन्दाले खोला किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । असार २ गते हेवा, पिलुवा र सभाखोलामा आएको बाढीमा ६ मेगावाटको निर्माणाधीन सुपरहेवा हाइड्रोपावरका १७ मजदुर बेपत्ता भएका थिए ।

ती मध्ये १६ मजदुरको अवस्था अझै अज्ञात छ।

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्