Kathmandu Press

अर्थमन्त्रीले बोलाएको बैठकमा बैंकर र उद्योगीबीच चर्का–चर्की

काठमाडौं, फागुन ६ : बैंकको व्याज दरका विषयमा सहजिकरण गर्न अर्थ मन्त्री युवराज खतिवडाले बोलाएको बैठकमा उद्योगी र बैंकरबीच चर्का चर्की भएको छ । 

अर्थमन्त्रीले बोलाएको बैठकमा बैंकर र उद्योगीबीच चर्का–चर्की

काठमाडौं, फागुन ६ : बैंकको व्याज दरका विषयमा सहजिकरण गर्न अर्थ मन्त्री युवराज खतिवडाले बोलाएको बैठकमा उद्योगी र बैंकरबीच चर्का चर्की भएको छ । 

अहिले अर्थ मन्त्रालयमा जारी छलफलमा उद्योगीहरुले बैंकको व्याजदर नघटाए मुलुक संकटग्रस्त हुने बताएका छन् भने बैंकरहरुले बैंकको व्याजदर सरकारले घटाउ भनेर घटाउन नसकिने जिकिर गरेका छन् । बैंकरहरुले बजारले निर्धारण गर्ने व्याजदर घटाउ भनेर उद्योगीहरुले प्रधानमन्त्रीलाई गुहार्नु गलत भएको आरोप लगाएपछि दुबै पक्षबीच चर्काचर्की चलेको छ । बैठकमा बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘तपाईहरु हामीलाईनै दोहोरो वासलात बनाउन लगाउने अनि व्याज घटाउ भन्ने ?’  छलफलमा बैंकर र उद्योग परिसंघ एकातिर र महासंघ र चेम्वर अर्कोतिर देखिएका छन् । 

Hardik ivf

बैठक अहिलेपनि अर्थ मन्त्रालयको सभाहलमा जारी छ । बैठकमा अर्थमन्त्री, अर्थसचिव, बैंकर संघका पदाधिकारी, नेपाल उद्योग बाणिञ्ज महासंघका पदाधिकारी, चेम्वर अफ कमर्शका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि लगायत छन् । 

अर्थमन्त्री खतिवडाले छलफलमा व्याजदर सरकारले ताेक्न नमिल्ने बैकिङ र उद्याेगी दूवै निजी क्षेत्र भएकाेले मिलेर जान सुझाव दिएका छन

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, फागुन ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्