Kathmandu Press

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरुले बुझाए साझपत्र

अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको १७ बुँदे मागसहितको साझापत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई शुक्रबार पोखरामा बुझाएका हुन्।
प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरुले बुझाए साझपत्र

पोखरा, असार १५ : प्रधामन्त्री पुष्पकमल दाहाललाई सातै प्रदेशका मुख्यमन्त्रीहरुले ‘साझापत्र’ बुझाएका छन्।

अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको १७ बुँदे मागसहितको साझापत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई शुक्रबार पोखरामा बुझाएका हुन्। मुख्यमन्त्रीहरुले साझापत्रमार्फत तत्काल प्रहरी समायोजन हुनुपर्ने, संघीय निजामती ऐनलगायतका कानुन ल्याउनुपर्नेलगायतका माग समावेश छन्।

साझापत्र बुझ्दै प्रधानमन्त्री दाहालले यसबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताए। प्रधानमन्त्री दाहालले भने, ‘यसपटक संघीयता कार्यान्वयनका लागि प्रशस्त प्रयास गरिएको छ। संघीयताबारे हामी सैद्धान्तिक, नीतिगत, कानुनी र व्यावहारिक विषयहरूमा समेत स्पष्ट छौं ।’

संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन, कानुनहरू निर्माण संघीय सरकारको प्राथमिकतामा रहेको उनले बताए। संघीय निजामती, शिक्षा र प्रहरी ऐन छिटो निर्माण गर्न पहल गरिरहेको बताउँदै संघीय निजामती ऐन सदनको यसै अधिवेशनले टुंगाउने प्रयास भइरहेको बताए।

प्रधानमन्त्री दाहालले प्रदेशको आवश्यकता छैन भन्ने तर्कहरू सुनिएको भन्दै उनले समस्याहरू सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए।

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्