एक महिनाभित्र एनआरएनलाई नागरिकता : उपप्रधानमन्त्री खड्का
ओमनको राजधानी मस्कटमा हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा गएका खड्काले त्यहाँ आयोजित एक कार्यक्रमका सहभागिलाई उक्त जनकारी दिएका हुन्।
काठमाडौं, असार १५ : उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले एक महिनाभित्र गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरणको काम सुरु गर्ने बताएका छन्।
ओमनको राजधानी मस्कटमा हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा गएका खड्काले त्यहाँ आयोजित एक कार्यक्रमका सहभागिलाई उक्त जनकारी दिएका हुन्।
सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली बनाएर सरकारले नागरिकता वितरण सुरु गर्ने भनाइ खड्काको छ।
‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ। एनआरएनलाई सहज हुने गरी परिवर्तन गर्नु पर्ने नियम कानुन परिवर्तन गरिन्छ। गर्नुपर्ने काम रोकिँदैन,’ कार्यक्रमका प्रमुख अतिथि खड्काले भने।
नागरिकता विधेयक एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि एनआरएनएको माग सम्बोधन गर्न बाटो खुलेको छ। एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको पनि खड्काले बताए।











