Kathmandu Press

ठाकुरप्रसाद मैनाली ‘नेपाली आधुनिक मूर्ति कला रत्न’ द्वारा अभिनन्दित

आफू ‘नेपाली आधुनिक मूर्तिकला रत्न’ले अभिनन्दित हुन पाउँदा धेरै खुसी लागेको र अझै ९० वर्षको उमेरमा पनि कला सिर्जना गर्ने हौसला मिलेको मैनालीले बताए। उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत हुन्।
ठाकुरप्रसाद मैनाली ‘नेपाली आधुनिक मूर्ति कला रत्न’ द्वारा अभिनन्दित

काठमाडाैं, असार १५ : वरिष्ठ आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई ‘नेपाली आधुनिक मूर्ति कला रत्न’ द्वारा अभिन्नदन गरिएको छ। काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुक्रबार समसमायिक नेपाली मूर्तिकार समूह ‘आरम्भ’द्वारा आयोजित एक कार्यक्रमबीच उनलाई अभिन्नदन गरिएको हो।

मूर्तिकार मैनालीको ९०औं जन्मदिनका अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। आफू ‘नेपाली आधुनिक मूर्तिकला रत्न’ले अभिनन्दित हुन पाउँदा धेरै खुसी लागेको र अझै ९० वर्षको उमेरमा पनि कला सिर्जना गर्ने हौसला मिलेको मैनालीले बताए। उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित लितकला प्रज्ञा प्रतिष्ठान उपकुलपति लालकाजी लामाले कलाकारद्वारा कलाकारका सम्मानका लागि गरिएको कार्य उदाहरणीय रहेको बताए। उनले नेपाली आधुनिक मुर्तिकला क्षेत्रमा नयाँ कलाकारको प्रेरणाको सोतका रूपमा वरिष्ठ मूर्तिकार मैनालीको योगदानलाई राज्यले सम्झनुपर्नेमा दुई मत नरहेको बताए। जुन समयमा परम्परागत मूर्ति अर्थात् देवीदेवताकाबाहेक मूर्ति नै बन्दैनथ्यो, त्यस्तो बेला नेपालमा आधुनिक मूर्तिकला भित्र्याउन र बनाउने कार्य थाल्न उनको ठुलो योगदान रहेको आयोजक संस्था आरम्भका अध्यक्ष सुदर्शनविक्रम राणाले बताए।

कार्यक्रममा प्राज्ञ सौरगंगा दर्शनधारी, वरिष्ट मुर्तिकार डा। लय मैनाली, भुवन थापा, रमेश खनाल, वरिष्ठ मूर्तिकार नरेन्द्रबहादुर श्रेष्ठ, मूर्तिकार गंगाधर सारू, मुर्तिकार ओम खत्री, ललितकलाकार सुनीता राणा, मुर्तिकार पुष्पाञ्जली शेरचन, प्राज्ञ सभा सदस्य नरेन्द्र भण्डारी, सुरेम देशारलगायतको उपस्थिति थियो।

युवादेखि अग्रज मूर्तिकारलाई प्रोत्साहित गर्दै र अग्रजलाई सम्मान गर्दै आफ्नो कलालाई विश्वसामु पुर्‍याउने लक्ष्य संस्थाले लिएको आयोजकले जनाएको छ। 
 

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्