Kathmandu Press

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौं, असार १५ : पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। उनलाई ठगी मुद्दामा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। शोभाराम यादवले दिएको जाहेरीका आधारमा हरिनारायण पक्राउ परेका हुन्।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो। उनीहरूविरूद्ध बाँके जिल्ला अदालतले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो। उनी पक्राउ  मुद्दामा उनका छोरा सुमित पनि संलग्न रहेको अभियोग छ।

रौनियार पर्सा ३ बाट संघीय समाजवादी फोरमबाट निर्वाचित पूर्वसांसदसमेत हुन्। सांसद रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्