अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पक्राउ अनुमति
अदालतको अनुमतीपछि बस्न्यातलाई पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई बाटो खुलेको छ। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान नेपाल सरकारको सचिव हुँदा सरकारी लिखत किर्ते गरेको आरोप उनीविरुद्ध छ।
काठमाडौं, असार १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न अदालतबाट प्रहरीलाई अनुमती दिइएको छ।
अदालतको अनुमतीपछि बस्न्यातलाई पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई बाटो खुलेको छ। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान नेपाल सरकारको सचिव हुँदा सरकारी लिखत किर्ते गरेको आरोप उनीविरुद्ध छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बस्न्यातलाई पक्राउका लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो। सोही निवेदनका आधरमा बस्न्यातलाई पक्राउ गर्न अनुमति दिइएको हो।
बस्न्यातले भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललितानिवाससम्बन्धी पत्राचार र निर्णय गरेको आधारमा सिआइबीबाट छानबिन भइरहेको छ।
सिआइबीले जग्गा अनियमितता प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहित सातजनालाई पक्राउ गरिसकेको छ।