Kathmandu Press

खड्का भ्रष्टाचारी ठहर 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गरेको हो।
खड्का भ्रष्टाचारी ठहर 

काठमाडौं, असार १५ : गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर भएका छन्। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गरेको हो। खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

अख्तियारले १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोगसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप गैरकानुनी सम्पत्ति जफत, विगो वमोजिम जरिवाना र जेल सजायको मागसहित मुद्दा चलाएको थियो।

लिखित फैसला आउन बाँकी रहे पनि खड्का अदालतबाट भ्रष्टाचारी ठहर भएका छन्।  
 

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्