Kathmandu Press

अब प्रदेशसभाको सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बन्नुपर्छ : कार्की

अब प्रदेशसभाको सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बन्नुपर्छ : कार्की

विराटनगर, असार १५ : प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कोसी प्रदेशको मुख्यमन्त्री पदबाट मुक्त भएका हिक्मतकुमार कार्कीले आफूहरु मध्यावधि निर्वाचनको तयारीमा नरहेको बताएका छन्।  ‘मध्यावधिको तयारीमा छैनौं, परिस्थितिले पुर्यायो भने जाने हो,’ उनले भने।

प्रदेशसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै कार्कीले अब प्रदेशसभाको सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिए। विश्वासको मत लिने कार्कीको प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो। एक मतको अभावमा उनले बहुमतका लागि चाहिने ४७ मत जुटाउन सकेनन्।

कार्की नेतृत्वको सरकार ढलेसँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। कार्कीले संविधानको धारा १६८ (३) मा प्रदेशसभाको सबभन्दा ठुलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको बताए। १६८ (२) अनुसार सरकार गठनको आह्वान भए एमालेले नेतृत्व दाबी नगर्ने उनले बताए।

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्