Kathmandu Press

अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्धन गर्नु जरूरी : कृषिमन्त्री भुसाल

राष्ट्रिय कृषि अनुसन्धान परिषदले शुक्रबार ललितपुरमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भुसालले एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको भन्दै अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्धन गर्नुपर्ने बताएका हुन्।
अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्धन गर्नु जरूरी : कृषिमन्त्री भुसाल

काठमाडाैं, असार १५ : कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्धन गर्नुपर्ने बताएका छन्। 

राष्ट्रिय कृषि अनुसन्धान परिषदले शुक्रबार ललितपुरमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भुसालले एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको भन्दै अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्धन गर्नुपर्ने बताएका हुन्।

उनले नेपालीको जीवनयापन परिवर्तन हुदै जादा उत्पादनमा ध्यान दिन नसकिएको र जमिन बाँझो रहन पुगेको धारणा राख्नुभयो। भुसालले उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए। उनले बाझो जमिन उत्पादनका निम्ती यस पटक मन्त्रालयले केहि बजेट छुट्टाइएको जानकारी दिए।

राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको उनले बताए। त्यस्तै मन्त्री भुसालले  कृषि सामग्री संस्थानका ४१ डिपोसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने स्पष्ट पारे।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो। यस वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइएको हो। 

प्रकाशित मिति: १३:३६ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्