‘ललिता निवास प्रकरणमा सरकारको नेतृत्व तहमा बसेर निर्णय गर्नेलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ’
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले यसअघिका सुडान घोटाला लगाएत ठुलाठुला प्रकरणमा तल्लो तहका व्यक्ति मात्रै कारवाहीको दायरामा आएको भन्दै ललिता निवास प्रकरणमा सरकारको नेतृत्व तहमा बसेर निर्णय गर्नेलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्।
काठमाडाैं, असार १५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ललिता निवास प्रकरणमा सरकारको नेतृत्व तहमा बसेर निर्णय गर्नेलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले यसअघिका सुडान घोटाला लगाएत ठुलाठुला प्रकरणमा तल्लो तहका व्यक्ति मात्रै कारवाहीको दायरामा आएको भन्दै ललिता निवास प्रकरणमा सरकारको नेतृत्व तहमा बसेर निर्णय गर्नेलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्।
राप्रपा पूर्णरुपमा सुशासनको पक्षमा रहेको भन्दै लिङ्देनले नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणको निष्पक्ष छानबिन गर्दै सबै दोषीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। त्यस्तै उहाले मुलुकमा भ्रष्टाचार, वैदेशिक हस्तक्षेप बढ्दै गएको र भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरु शुद्धताको मन्त्र उच्चारण गरिरहेको टिप्पणी गरे।
लिङ्देनले ठुला भ्रष्टाचारका प्रकरणमा अनुसन्धान सुरु भएपछि सरकारमा बस्नेहरुले जस लिन खोजेको र अर्को पक्ष आफ्ना मान्छेहरुलाई जोगाउने कसरतमा लागेको जिकिर गरे। मुलुकमा ठूला ठूला परिवर्तन भएपनि गणतन्त्रको नाममा लुटतन्त्र चलिरहेको भन्दै उहाले देश र धर्म संकटमा रहेका बेला यसलाई जोगाउने काम राप्रपाले गर्ने बताए।
उनले कृषि क्षेत्रमा अनुदान बढ्दै जाँदा पनि उत्पादन बढ्न नसकेको र आयात निरन्तर बढ्दै गएको बताए। कार्यक्रममा विभिन्न पार्टीबाट आएका नेता कार्यकतालाई लिङ्देनले पार्टी प्रवेश गराएका थिए।