'राजेन्द्र राईलाई एमालेमा स्वागत गर्न तयार छु'
बिहीबार विश्वासको मतका लागि आफूले राखेको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले राईलाई एमालेमा स्वागत गर्न तयार रहेको बताएका हुन्।
विराटनगर, असार १५ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वमुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन्।
बिहीबार विश्वासको मतका लागि आफूले राखेको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले राईलाई एमालेमा स्वागत गर्न तयार रहेको बताएका हुन्।
‘एमाले निर्माणमा तपाईंको ठूलो भूमिका छ। विद्यार्थी आन्दोलनमा सँगसँगै कुटिएका छौं, जेल गएका छौं,’ उनले भने, ‘अहिले पनि एमालेमा तपाईंको आवश्यकता छ।’ एमालेमा आउने भए काम गर्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ थियो। ‘एमालेमा कसैलाई काखापाखा गर्न सम्भव छैन,’ उनले भने।
कार्कीको प्रस्तावमाथि बिहीबार छलफलमा भाग लिँदै राईले पेल्न छाड्ने हो भने समर्थन मात्र होइन, पार्टी एकता नै गर्न चाहेको बताएका थिए।