Kathmandu Press

एमालेलाई सत्तामा जाने भोक जागेको छ : कानुनमन्त्री गुरुङ 

एमालेप्रति कटाक्ष गर्दै गुरुङले भोको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने पनि बताए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो भनाई राखेका हुन्।
एमालेलाई सत्तामा जाने भोक जागेको छ : कानुनमन्त्री गुरुङ 

काठमाडौं, असार १५ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा एमालेलाई सत्तामा जाने भोग जागेकोबताएका छन्। एमालेलाई सत्तमा जानेभोग जागे पनि वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने भनाई गुरुङको छ। 

एमालेप्रति कटाक्ष गर्दै गुरुङले भोको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने पनि बताए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो भनाई राखेका हुन्।

‘अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ। यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन। अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो,’ गुरुङले भने। 
वर्तमान सरकार सुशासन दिन पछि नहट्ने पनि उनले बताए।

उनले सरकार भ्रष्टाचारका ठूला काण्डहरुको निष्पक्ष छानबिन गरी मुलुकलाई शुसासन दिने काममा लागेको भनाई उनको थियो। गुरुङले भने, ‘हामी नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लाग्नेछ, यो नै गठबन्धन सरकारको ध्येय हो। एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी हामी सुशासन दिनेछौं।’ 

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्