Kathmandu Press

महिला हिंसाविरुद्ध ‘खिल’ मञ्चन

बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो। राजु थापा काउचाले लखेको नाटकमा जेबी डिसी, सुप्रिमा सुनुवार, विवेश बुढा, सुरज राई, निरु राई र गुन्ज चौधरीले अभिनय गरेका थिए।
महिला हिंसाविरुद्ध ‘खिल’ मञ्चन

काठमाडाैं, असार १५ : महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ। पूर्खाजित राईले परिकल्पना र निर्देशनमा तयार भएको सडक नाटक ‘खिल’ असार १३ गते खोटाङको बराहपोखरी गाउँपालिकामा मञ्चन गरिएको हो।

बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो। राजु थापा काउचाले लखेको नाटकमा जेबी डिसी, सुप्रिमा सुनुवार, विवेश बुढा, सुरज राई, निरु राई र गुन्ज चौधरीले अभिनय गरेका थिए।

Khil11688106773.jpg

खिलजस्तै डढेर रहेको महिला हिंसाविरुद्ध समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको कलाकार जेबी डिसीले बताए । उनले भने, ‘महिला हिंसालाई संविधानले निर्मुल गरे पनि समाजमा अझै खिल बनेर बसेको छ। जनतामा चेतना फैलाउँदै महिला हिंसा निर्मूल बनाउन सघाउन ‘खिल’ मञ्चन गरेका हौं।’

यस्तै निर्देशक पूर्खाजित राईले जबसम्म हामीमा चेत आउँदैन तबसम्म संविधान, कानुनले मात्रै महिला हिंसा उन्मूलन गर्न नसक्ने बताए।

khil21688106773.jpg

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्