कर्णाली प्रदेशका नौ जिल्लामा आज सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले आज राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो।काठमाडौं, असार १५ : कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सार्वजनिक बिदा छ । कर्णाली प्रदेश सरकारले आज राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो।
जुम्लामा भने हरेक वर्ष चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिने गरिएको छ । जुम्लामा मार्सी धानको रोपाइँ सकिएको छ । पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् ।
जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ
प्रकाशित मिति: ०८:५१ बजे, शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१