Kathmandu Press

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : ओली

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए।
कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : ओली

चितवन, फागुन १४ : एमालेका अध्यक्ष केपी ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए।

‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन। तपाईं ९पत्रकार०मार्फत जानकारी पाइरहेका छौं,’ ओलीले भने। पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताए।

पत्रकारहरुको प्रश्नमा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताए।

प्रकाशित मिति: १९:४२ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्