Kathmandu Press

‘एमालेलाई आक्रमण गरेर कोशी प्रदेशको समस्या समाधान हुँदैन’

नेता भट्टराईले विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्ने बताउँदै उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका आफूहरुलाई मान्य नभएको उल्लेख गरेका छन्।
‘एमालेलाई आक्रमण गरेर कोशी प्रदेशको समस्या समाधान हुँदैन’

काठमाडौं, असार १४ : एमाले सचिव योगेश भट्टराईले एमालेलाई हमला गरेर कोशी प्रदेशको सामस्या सामाधान नहुने बताएका छन्।

इमालामा बिहीबार पहिचान पक्षधरले भट्टराईलाई कालो झण्डा देखाउँदै हमला प्रयास गरेपछि नेता भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। उनले लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन।’

नेता भट्टराईले विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्ने बताउँदै उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका आफूहरुलाई मान्य नभएको उल्लेख गरेका छन्।

‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो। आज मलाई कालो झण्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम् र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ,’ उनले फेसबुकमा लेखेका छन्।

उनले एमाले वार्ता र संवादका लागि हरबखत तयार रहेको बताएका छन्। मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् उहाँहरुका लागि पनि लज्जाको विषय भएको पनि भट्टराईले उल्लेख गरेका छन्।

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्