मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन सकिन्न : इन्द्रबहादुर आङ्बो
संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य भएको उनले बताए।
विराटनगर, असार १४ : माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन्।
मुख्यमन्त्री कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मत मागेपछि आङ्बोले त्यस्तो बताएका हुन्। संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य भएको उनले बताए।
केन्द्रमा गठबन्धन परिवर्तन भएपछि ढिलोचाँडो आफूहरु बाहिरिनुनै पर्ने अवस्था रहँदा सहज वातावरण बनाएर बाहिरिएको दाबी उनले गरे।
गठबन्धनले नयाँ राजनीतिक कोर्स सुरुवात गर्न आग्रह गरेपछि स्वाभाविक रुपमा त्यो आग्रहबाट बाहिर जान नसक्ने अवस्था रहेको उनले बताए। उनले एमालेको कार्यशैलीका कारण सहकार्य लामो समय अगाडि जान नसकेको दाबी गरे।
आङ्बोले कोशी नामकरणको विपक्षमा रहेकाहरुको माग सम्बोधनका लागि पुनर्विचार गर्नुपर्ने पनि बताए।
प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











