Kathmandu Press

हलिउड अभिनेता रोर्बट प्याटिन्सन संसारकै ‘ह्यान्डसम’

काठमाडौं, माघ २७ : हलिउडका अभिनेता रोर्बट प्याटिन्सनलाई संसारकै सबैभन्दा ‘ह्यान्डसम’ व्यक्ति घोषणा गरिएको छ।

‘द गोल्डेन रे....

हलिउड अभिनेता रोर्बट प्याटिन्सन संसारकै ‘ह्यान्डसम’

काठमाडौं, माघ २७ : हलिउडका अभिनेता रोर्बट प्याटिन्सनलाई संसारकै सबैभन्दा ‘ह्यान्डसम’ व्यक्ति घोषणा गरिएको छ।

‘द गोल्डेन रेसियो अफ ब्युटि’को अनुसार ३३ वर्षीय अभिनेता ‘द ब्रिटिस ब्याटम्यान’को अनुहार ९२.१५ प्रतिशत राम्रो रहेको छ।

Hardik ivf

फेसियल कस्मेटिक सर्जन डा.जुलियन डिसिल्वाले ह्यान्डसम लिस्ट कम्प्युटरको मद्दतबाट तयार गरेका हुन् । ‘रोर्बटको अनुहार सबै तत्वसँग तुलना गरेर उनलाई विजेता घोषणा गरिएको हो,’ डिसिल्वाले भने।

प्याटिन्सन सबैभन्दा पहिले ‘हेरी पोर्टर’ र ‘द गोब्ट अफ फायर’मा सेड्रिक डिगरीको भूमिकामा देखिएका थिए।

त्यसको लगत्तै, ‘ट्वाइलाइट’मा भ्याम्पायर एडर्वड कुलेनको रुपमा उनलाई थुप्रै दर्शकले मन पराए। ‘ट्वाइलाइट सिक्वेल्स’को साथै ‘रिमेम्बर मी’, ‘द लस्ट सिटी अफ जेड’ र ‘वाटर फर इलिफेन्ट’ उनले अभिनय गरेका चर्चित फिल्म हुने।

त्यस्तै, सन् २०१९ मा उनी ‘द ब्याटम्यान’मा क्यापक्रु सेडरको भूमिकामा देखा परेका थिए।

 

प्रकाशित मिति: १४:०२ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्