Kathmandu Press

कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित

अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने प्रदेशसभा सचिवालयले जनाएकाे छ।
कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित

सुर्खेत, असार १४ : कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। एमालेले आज पनि अवरोध गर्ने भएपछि बैठक स्थगित गरिएको बताइएको छ।

अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने प्रदेशसभा सचिवालयले जनाएकाे छ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको उल्लेख गरेको छ। बुधबार प्रमुख प्रतिपक्ष दल एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै संसद् अवरुद्ध गरेको थियो।

सरकारले पैतृक सम्पत्ति जसरी बजेट बाँडेको आरोप एमालेले लगाएको छ।

एमालेको अवरोधपछि स्थगित बैठक एक सूचना टाँस गरेर बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्