Kathmandu Press

मुख्यमन्त्री कार्कीद्वारा प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेस

अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर उनले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए।
मुख्यमन्त्री कार्कीद्वारा प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेस

काठमाडौं, असार १४ : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेस गरेका छन् ।

अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर उनले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए। उनले त्यहाँका आर्थिक मामिला तथा योजना मन्त्रीसमेतको मिम्मेवारी लिँदै आएक छन्।

आज (बिहीबार) सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा बजेट अध्यादेश पेस गर्ने क्रममा उनले जेठ २३ गते माओवादी केन्द्रले विश्वासको मत झिकेपछि अध्यादेशबाट बजेट ल्याउनुपरेको बताए।

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्