Kathmandu Press

जसपा कोसी प्रदेशमा तटस्थ बस्ने

जसपा कोसी प्रदेशमा तटस्थ बस्ने

विराटनगर, असार १४ : जनता समाजवादी पार्टी (जसपा) ले कोसी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ।

जसपा संसदीय दलको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारीम रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन्। जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए। कार्कीले  प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन्।

माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्