Kathmandu Press

आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिन्छ तर कार्कीलाई विश्वासको मत दिन सकिन्न : उद्धव थापा

प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन्। आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिने तर विश्वासको मत दिन नसकिने उनको भनाइ थियो।
आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिन्छ तर कार्कीलाई विश्वासको मत दिन सकिन्न : उद्धव थापा

विराटनगर, असार १४ : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन्।

प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन्। आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिने तर विश्वासको मत दिन नसकिने उनको भनाइ थियो।

मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वाभाविक भए पनि त्यसको जवाफ संसदबाटै मिल्ने उनले बताए। थापाले कोसी प्रदेशसभाको विपक्षी गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्नेमा जोड दिए। माओवादी केन्द्रले पनि नेतृत्वका लागि पहल गर्ने बताएका छन्।

कार्की पदमुक्त भएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढ्नेछ। उनले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका छन्। त्यसअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन्।

तर माओवादी केन्द्रका साथै नेपाली कांग्रेस र एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। ९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ। एमाले–राप्रपा गठबन्धनसँग जम्मा ४६ सिट छ। एमालेबाट मुख्यमन्त्री बनेका कार्कीलाई प्रदेशसभाको विश्वास आफूमाथि छ भन्ने पुष्टि गर्न थप एक मत कम हुने देखिन्छ।

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्