यी सात ठुला अस्पतालमा विपन्नका लागि शैया निःशुल्क
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बद्ध अस्पतालहरुलाई सर्कुलर गरेर शुल्क नलिन भनिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार वीर अस्पतालमा ७०० शैया निःशुल्क गरिएको छ।
काठमाडौं, असार १४ : सरकारले गरिब र विपन्न वर्गका लागि शैया निःशुल्क हुने घोषणा गरे अनुरुप सातवटा ठूला अस्पतालहरूमा शुल्क नलिइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बद्ध अस्पतालहरुलाई सर्कुलर गरेर शुल्क नलिन भनिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार वीर अस्पतालमा ७०० शैया निःशुल्क गरिएको छ।
यसैगरी परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चार सय ५०, कोशी अस्पतालमा तीन सय ३०, कान्ति बाल अस्पतालमा दुई सय ४८, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ५०, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा ६० शैया निःशुल्क गरिएको छ।
मन्त्रालयको निर्देशन अनुसार कुल दुई हजार २८ शैया निःशुल्क हुनेछन् । यसअघि न्यूनतम दुई सय रुपैयाँ वेड चार्ज लिइँदै आएको थियो।
प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार