Kathmandu Press

चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित निकाले विरोध र्‍याली

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा र्‍याली निकालेका हुन्।
चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित निकाले विरोध र्‍याली

काठमाडौं, असार १५ : विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित विरोध र्‍याली निकालेका छन्।

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा र्‍याली निकालेका हुन्।

सीतापाइलाबाट सुरू र्‍यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी सहभागीभए। सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भयो।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले प्रदर्शनकारीले स्वदेशमै काम गरेर खान पाउनुपर्ने, रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, ट्याक्सी स्ट्यान्डको अनिवार्य व्यवस्था गर्नुपर्नेलगायत माग राखेका छन्।

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्