Kathmandu Press

माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

एमाले–राप्रपा गठबन्धनसँग जम्मा ४६ सिट छ। एमालेबाट मुख्यमन्त्री बनेका कार्कीलाई प्रदेशसभाको विश्वास आफूमाथि छ भन्ने पुष्टि गर्न थप एक मत कम हुने देखिन्छ।
माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

विराटनगर, असार १४ : माओवादी केन्द्रले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ।

माओवादी केन्द्रको आज (बिहीबारए बिहान बसेको कोसी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

पार्टीले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ। कार्की पदमुक्त भएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढ्नेछ।

मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका छन्। त्यसअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन्।

तर माओवादी केन्द्रका साथै नेपाली कांग्रेस र एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ। एमाले–राप्रपा गठबन्धनसँग जम्मा ४६ सिट छ। एमालेबाट मुख्यमन्त्री बनेका कार्कीलाई प्रदेशसभाको विश्वास आफूमाथि छ भन्ने पुष्टि गर्न थप एक मत कम हुने देखिन्छ।

प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्