Kathmandu Press

बकर इदका अवसरमा मस्जिदहरूमा नमाज पाठ (तस्बिरहरू)

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ।

काठमाडाैं, असार १४ : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) देशभरका मस्जिदमा नमाज पाठ गरी मनाइएको छ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन्।

EID_Moment1688024415.jpg

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो। हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

EID_Momentnbqaethtrhb1688024414.jpg

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरको छ। यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिएका छन्।

bar ed1688024390.jpg

कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेका छ। 

RupaniGM_Janaki_RSS_15_bakraed(2)1688024427.JPG

RupaniGM_Janaki_RSS_15_bakraed(1)1688024423.jpg

NabinGadtaula_Sunsari_RSS_14_Subhakamana1688024421.JPG

NabinGadtaula_Sunsari_RSS_14_EidPray1688024421.JPG

PradeeprajOnta_KTM_RSS_14_23e68aa8-d974-4c34-bbaf-98505a5fd865(2)1688024420.jpg

23e68aa8-d974-4c34-bbaf-98505a5fd8651688024418.jpg

KuldeepNeupane_Dang_RSS_14_DSC_22701688024417.jpg

gnmnywrywy1688024413.jpg

EID_Moment gyrjwytjnmq4j1688024411.jpg

EID_Moment gnbqtanert1688024410.jpg

EID_Moment teqteqet1688024409.jpg

RupaniGM_Janaki_RSS_15_bakraed(2) (1)1688024409.JPG

bar ed1688024390.jpg

bar ed1688024390.jpg

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्