Kathmandu Press

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र

विश्वासको मत लिनुअघि मुख्यमन्त्री कार्कीले माग्दै विपक्षी दलहरुलाई पत्र पठाएका छन्।
विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र

विराटनगर, असार १४ : आज कोसी प्रदेशसभा बैठक बस्दैछ। आजको बैठकमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन्।

विश्वासको मत लिनुअघि मुख्यमन्त्री कार्कीले माग्दै विपक्षी दलहरुलाई पत्र पठाएका छन्।

माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन्।

कार्कीले विश्वासको मत लिनुअघि बजेट अध्यादेश संसदमा टेबल गर्ने बताइएको छ। बैठकको कार्यसूचीमा प्रदेश प्रमुखबाट प्राप्त पत्र वाचन गरेपछि अध्यादेश टेबल गर्ने उल्लेख छ।

Hikmat-karki-latter-720x10241688023554.jpg

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्