Kathmandu Press

नेपालमा शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण छैन : ओली

नेपालमा विकासको सम्भावना रहेको र थुप्रै काम गर्न बाँकी रहेकाले युवा तथा विद्यार्थीहरुले मुलुकमा नै योगदान गर्नुपर्ने उनले बताए। उनले देशप्रति गर्व नगर्ने प्रवृत्ति देखिएको भन्दै नयाँ पिँढीहरुले देशप्रति गर्व गर्नुपर्ने उल्लेख गरे।
नेपालमा शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण छैन : ओली

काठमाडाैं, असार १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। 

मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले केही वर्ष अघि विभिन्न कारणले नेपालको शिक्षा क्षेत्र पछि पर्दै आएको भन्दै अव भने शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन्।

नेपालमा विकासको सम्भावना रहेको र थुप्रै काम गर्न बाँकी रहेकाले युवा तथा विद्यार्थीहरुले मुलुकमा नै योगदान गर्नुपर्ने उनले बताए। उनले देशप्रति गर्व नगर्ने प्रवृत्ति देखिएको भन्दै नयाँ पिँढीहरुले देशप्रति गर्व गर्नुपर्ने उल्लेख गरे।

ओलीले नेपालका शिक्षालाई व्यावहारिक रुपमा प्रकट गर्नेगरि रुपान्तरण गर्नुपर्नेमा जोड दिए। नेपालमा पढेका विद्यार्थीहरु विश्वका कुनै ठाउँमा जाँदा पनि अवसर पाउने गरि शिक्षा प्रणालीलाई विकास गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्