जनताको आवाज संसद्सम्म पुर्याउन सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी, कसलाई कुनकुन जिल्ला?
रास्वपामा हाल कायम २० सांसदमध्ये ७७ वटै जिल्लाका लागि सम्पर्क गर्न निश्चित जिल्ला भाग लगाएर जिम्मेवारी सम्पर्ककाे जिम्मेवारी दिइएको छ। जिम्मेवारी सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ।
काठमाडौं, असार १४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन विस्तार तीव्र रूपमा लागेकाे छ भने जनतासँग जाेडिने प्रयाससमेत गरिरहेकाे छ। यसै कार्यलाई सहज बनाउने हिसाबले साे पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ।
जनताको आवाज संसद्सम्म पुर्याउन सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भए सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्स एपमा पठाउन रास्वपाले आग्रह गरेको छ।
'नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसंँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौँ', विज्ञप्तिमा भनिएको छ ।
रास्वपामा हाल कायम २० सांसदमध्ये ७७ वटै जिल्लाका लागि सम्पर्क गर्न निश्चित जिल्ला भाग लगाएर जिम्मेवारी सम्पर्ककाे जिम्मेवारी दिइएको छ। जिम्मेवारी सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ। नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गरेर बताउन सक्नेछन्।
'नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न’ सम्पर्क सांसद तोकिएकाे जनाइएकाे छ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्न सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको हाे।
सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन।सांसदका लागि तोकिएको जिल्ला र सम्पर्क नम्बर यसप्रकार छन्ः
१. रवि लामिछाने : ९८५१३६०५५५, सभापति, संसदीय दलको नेता
२. डोलप्रसाद अर्याल : ९८५१३३६७७४ (बारा, धादिङ, कञ्चनपुर, कैलाली)
३. विराजभक्त श्रेष्ठ : ९८६७४३७६०८ (गुल्मी, दार्चुला, अछाम, पाल्पा)
४. सन्तोष परियार : ९८५११४५०२२ (भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा)
५. निशा डाँगी : ९८६०१५१२४७ (झापा, मोरङ, इलाम, सल्यान)
६. मनीष झा : ९८५१०७३७७५ (धनुषा, रौतहट, रुपन्देही, बझाङ)
७. गणेश पराजुली : ९८५१०३९५६४ (ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा)
८. सोबिता गौतम : ९८६०६६०८२७ (दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट)
९. सुमना श्रेष्ठ : ९८०१०८३५५२ (रसुवा, काठमाडौं, रुकुम पूर्व, रुकुम पश्चिम)
१०. डा. तोसिमा कार्की : ९८४३२६७९६० (ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर)
११. शिशिर खनाल : ९८५१२३४५६२ (रोल्पा, दाङ, सर्लाही, सप्तरी)
१२. हरि ढकाल : ९८५११६४१६८ (सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर)
१३. डा. स्वर्णिम वाग्ले : ९८५५०६६१०७ (गोरखा, पर्सा, बैतडी, तनहुँ
१४. डा. चन्दा कार्की : ९८५१०२६७९३ (भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी)
१५. असिम शाह : ९८५१०९०४९३ (काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु)
१६. लक्ष्मी तिवारी : ९८५८०२३२८० (प्युठान, परासी, बर्दिया, बाँके)
१७. अशोककुमार चौधरी : ९८०४३२८००५ (धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी)
१८. शिव नेपाली : ९८५६०४४३७१ (लमजुङ, म्याग्दी, पर्वत, कास्की)
१९. विनिता कठायत : ९८४०८४०७४६ (जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा)
२०. विन्दवासिनी कंसाकार : ९८४२०९६९४३ (स्याङ्जा, बाग्लुङ, मकवानपुर)












-(7)-1765197040.jpg)