Kathmandu Press

भानु पुरस्कार डा. कँडेल र असिम पुरस्कार नेपाललाई

नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुरुयाएका साहित्यकार प्रा  कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
भानु पुरस्कार डा. कँडेल र असिम पुरस्कार नेपाललाई

काठमाडाैं, असार १४ : यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा. घनश्याम कँडेललाई प्रदान गरिने भएको छ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुरुयाएका साहित्यकार प्रा  कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

यसैगरी परिषद्बाटै प्रदान गरिने गोपाल पाँडे असिम पुरस्कार अर्का साहित्यकार शैलेन्दु प्रकाश नेपाललाई प्रदान गरिने भएको छ।

ती पुरस्कारको राशि क्रमशः रु एक लाख २५ हजार र रु ५० हजार तथा प्रशंसापत्र रहेको छ।

भानु पुरस्कार आगामी भानु जयन्तीका अवसरमा र गोपाल पाँडे असिम पुरस्कार असिम जयन्तीका अवसरमा प्रदान गरिने परिषद्का सचिव लक्ष्मण थापाले जानकारी दिए।

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्