याे बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न सक्दैन : रवि लामिछाने
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नलिमेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे।_Moment1687957044.jpg)
काठमाडाैं, असार १२ : रास्वपाका अध्यक्ष रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नलिमेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे।
उनले जनताले सरकारमा नवस्न सुझाव दिएकाले आफुहरु रचनात्मक प्रतिपक्षमा बसेको उल्लेख गरे। लामिछानले प्रतिपक्षमा बसे पनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने जिकिर गरे।
प्रकाशित मिति: १८:३० बजे, बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











