Kathmandu Press

सरकारप्रतिको विश्वास घटेको छ : ओली

बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताएका हुन्।
सरकारप्रतिको विश्वास घटेको छ : ओली

काठमाडाैं, असार १२ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताएका हुन्।

उनले गठबन्धन सरकारको बजेट पारित हुनु स्वाभाविक भएको र आफूहरुले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गरे।

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्